नागरिक जीवन संकटमा रहेको घडीमा सत्ताको उन्माद खेल गर्नु दुःखद घटना देउवा ,
वैशाख ८ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार जारी भएको राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा गम्भीर असहमति जनाएको छ ।
नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले सरकारले आपत्तिजनक र गैह्र जिम्मेवार प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।
राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधनप्रति आपत्ति जनाउँदै सोमबार साझ सभापति देउवाले एक विज्ञप्ति जारि गरेका छन्।
विज्ञप्तिमा भनिएको छ अहिले कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ यस्तो बेलामा सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जारी गरेको छ ।
त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि गरेको छ। दुवै अध्यादेशप्रती नेपाली कांग्रेसको गम्भीर असहमति छ ।
कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथी उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको पनि देवले बताएका छन्।
यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो।
उनले संविधान निर्माणतका संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना विषय पनि स्मरण गराएका छन् ।
आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो विज्ञप्तिमा उल्लेख छ ।
नागरिक जीवन संकटमा रहेको घडी सरकारले चालेको कदम र रास्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको देउवाको ठहर छ ।
नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पुर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ विज्ञप्तिमा उल्लेख छ ।

