कोरोना विरुद्दको लडाईंमा लापरवाही नगर्नु डब्लूएचओ,
वैशाख ११ ,बिबिसी,- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख डा। टेड्रोस अधानोम घेब्रेसेयसले कोरोना भाईरस बिरुद्धको लडाईंमा लापरवाही नगर्न आग्रह गरेको छ ।
कोरोना भाईरस लामो समय सम्म रहने भएकोले कसैले पनि लकडाउनलाई खुकुलो पार्ने ,लापरवाही गर्ने जस्ता कार्य नगर्न चेतावनी दिएका छन् ।
अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् ।
पत्रकार सम्मेलनमा डा। टेड्रोसले पश्चिमी युरोपमा महामारी स्थिर वा घट्दो क्रममा रहेपनि धेरै राष्ट्रहरुमा यो सुरुवाती चरणमा रहेको बताए ।
‘महामारीको सुरुवातमा नै प्रभावित बनेका देशहरुमा पनि पुन : संक्रमितको संख्या बढ्दो रहेको हुनाले कसैले गलती नदोहोर्याउन आग्रह गरेका छन् ।
भाईरस अझै खतरा छ ,हामीलाई धेरै टाढा जानु छ ,लकडाउन र सामाजिक दुरी कायम गर्ने उपायले संक्रमणको दर धेरै देशमा कम गरेको छ तेसैले लकडाउनलाई लापरवाही नगरौ उनले थपे।
डा. टेड्रोसले विश्व स्वास्थ्य संगठनले महामारीविरुद्ध गरिरहेको कारवाहीको पनि बचाऊ गरे । उनले समयमा नै कोभिड–१९ को बारे विश्वलाई चेतावनी दिएको दाबी गरे ।
विश्वका धेरै राष्ट्रका सरकारहरुले डब्लूएचओले गरिरहेको कामका लागि प्रशंसा गरे पनि अमेरिकाबाट राजीनामाका लागि ठूलो दबाब आइरहेको छ । यसबारे प्रश्न गर्दा उनले आफू मानिसको ज्यान बचाउन दिन र रात काम गरिरहने बताएका छन् ।
हालसम्म विश्वमा २६ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने १ लाख ८१ हजारभन्दा बढीले ज्यान गुमाइसकेको छन् ।

