Gold
Bangad salyan

प्रधानमन्त्रीका सल्हाकार सुर्य थापाको आइडि बनाएर ज्यानमार्ने धम्किपूर्ण म्यासेज

वैशाख १२ ,काठमान्डौ – प्रधानमन्त्रीका सल्हाकार सुर्य थापाको फेसबुक आईडि नक्कली बनाई विभिन्न ब्याक्तिलाई धम्कि पूर्ण म्यासेज आएको जानकारी हुन आएको छ ।

सल्हाकार थापाको आईडीबाट विभिन्न जिल्लाका नेता कार्यकर्तालाई अपशब्द प्रयोग गर्ने ,जंगली भन्ने र केपी ओलीको विरोध किन गरेको भन्ने जस्ता म्यासेन्जरमा कुरा गरिएको पाईएको छ ।

थापाको आईडी बनाएर समाजवाद देखि विभिन्न ग्रुपमा समेत च्याट भईरहेको छ ।थापाको आइडिबाट ज्यानको माया गर ,परिवारको हालत के होला जस्ता कुरा गरेको जानकारी भएपछि हामीले सल्हाकार सुर्य थापासंग सम्पर्क गरेऔ ।

,तर थापाले आफ्नो आईडी फेक गराएर कसैले विभिन्न ब्याक्ति संग अपसब्द गरि कुरा गरेको आफुलाई पनि जानकारी आएको रंग दर्पणलाई बताए ।

लगतै थापाले आफ्नो त्यो रियल आईडि नरहेको र कसैले फेक आईडि बनाई कुरा गरेको सबै साबधान भईदिन आग्रह गरे ।

आईडी कसले र किन यस्तो गर्यो भन्ने अनुसन्धान गर्न महानगरीय प्रहरी अपराध महाशाखा साईबर क्राईममा जानकारी गरिएको थापाले बताए ।

थापाको नक्कली आईडीबाट भएको म्यासेज यस्तो छ ।


थापाले भने मेरो आईडी त्यो होइन ,