ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जलेर नस्ट
वैशाख २० ताप्लेजुङ – ताप्लेजुङ्को सदरमुकाम फुङलिङ बजारमा ग्य राति १० अजे आगलागी भएको छ ।
आगलागी बाट सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले बताएको छ।
गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा बिहान ५ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले बताएको हो ।
आगलागीको कारण भने खुलिसकेको छैन ।

