कोरोना संक्रमणको लडाईंमा विश्वमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी डा.रुना झा ,
वैशाख २० काठमन्डौ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झा युएन वुमनबाट सम्मानित भएकी छिन्।
कोभिड १९ नियन्त्रणको लडाईंमा उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेकोमा नेपालबाट डा.रुना झा परेकी हुन् ।
चीनको वुहानबाट नेपाल ल्याइएका १ सय ७५ जनाको रेखदेखदेखि हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षणदेखि १६ स्थानमा स्थापना गरिएको पीसीआर ल्याबमा आफ्नो नेतृत्वमा सफलता पूर्वक अग्रस्थानमा खटिएकी छिन् ।
नेपालको कोरोना विरुद्धको लडाईंमा सुरुदेखि नै आफ्नो नेतृत्वमा चुनौतीकाबीच काममा सफलताका साथ खटिरहेको र उनको टीमले पनि कोरोना विरुद्धको लडाइमा राम्रो काम गरिरहेको भन्दै उनलाई विश्वको ५ महिलामा समावेश गरिएको युएन वुमनले जनाएको छ ।

