Gold
Bangad salyan

चट्याङ्गबाट बचन यस्तो उपाय अपनाउन मौसमविदको सल्हा सुझाव ,

वैशाख २५ ,काठमान्डौ – आज पनि देशभर आंसिक बदलि भई मेघगर्जन र वर्षा भएको मौसम पूर्वानुमानले बताएको छ ।उपत्यका लगायत धेरै ठाँउमा पानि ,असिना  पर्ने र यो मौसम केहि दिन सक्रिय रहने बताईएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु–भाग नजिक बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।

तेस्तै सरकारी तथ्याङ्कबाट वर्षेनी चट्याङ्गबाट सयौको ज्यान जाने गरेको छ । बरिस्ठ मौसमविद ईन्दिरा कंडेलका अनुसार फ्री मौसम बादल हुँदै आकाशबाट विधुतिय लहरको झट्का उच्च जोखिम हुन्छ।

,तेसैले यस्तो बेला रुखको छेउछाउमा फेदमा नबस्न ,पौडी पोखरीमा नजाने ,मोबाईल नचलाउने गर्नाले ,चट्याङ्गबाट बच्न सकिने ईन्दिरा कंडेलले बताईन ।

तेस्तै विधुतिय प्रकरण माध्याम नचलाउने गर्नाले चट्याङ्गबाट बच्न सकिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले बताए ।

बाहिर भए गाडीको झ्याल ढोका बन्द गरेर बस्ने ,जमिनमा लम्पसार नबस्ने ,र आकाशमा मिल्का परेको बेला घुडा टेकेर टाउकोमा हात राखेर बस्नाले पनि चट्याङ्गबाट बच्न सकिने उनले बताए ।

विधुतिय अप्टिकल फाईबरहरुमा चट्याङ्ग अत्यधिक पर्ने भएको हुनाले नजिक नजानपनि अनिलले आग्रह गरे ।

तेस्तै देशको मध्य–पूर्वी भू–भागका केहि स्थानहरूमा र पश्चिमी भू–भागका एक/दुई स्थानमा मेघगर्जन,चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानले बताएको छ ।