अध्यादेशमा प्रधानमन्त्रीको नियोजित नियत थियो देउवा ,
वैशाख २६ ,काठमान्डौ – प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको दाबी गरेको छ ।
प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवाले अहिले सिंगो देश कोरोनाले आतंकित भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरीत अध्यादेश ल्याएको बताए ।
सबैले कोरोनाविरुद्धको लडाइँमा एक भएर साथ दिइरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’ उनले भने ।
तेस्तै आज संसदमा धेरै सांसदले सरकारले नागरिकको पक्षमा काम नगरेको बताएका छन् ।
समाजवादी पार्टीका नेता राजेन्द्र महत्वले दुई तिहाई सरकारले दुई कौडिको पनि काम गर्न नसकेको बताएका छन् भने बाबुराम भट्टराईले प्रधानमन्त्री ओली अस्वस्थ रहेको हुँदा राजिनामा दिएर आराम गर्न आग्रह गरेका छन् ।

