Gold
Bangad salyan

नेपालमा थप एक जनाको कोरनाबाट मृतु ,

जेठ ४ ,काठमान्डौ – नेपालमा थप एक जनाको कोरना संक्रमणबाट मृतु भएको छ।यो संगै नेपालमा कोरोन संक्रमणबाट मृतु हुनेको संख्या दुई पुगेको हो।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।क्वारेन्टाइनमा बस्ने क्रममामा उनको स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार मृतकको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको छ।

क्वारेईनटाईन बस्दा उनीमाथि समस्या देखिएपछि स्थानीयले राम्रो संग उपचार नगरेको कारण युवकको मृतु भएको भन्दै आक्रोश पोखेका छन्।

उपचारको लागि अस्पताल लैजान स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि पीपीई नभएका कारण चालकले नमानेको स्थानीयबासीको दाबी छ ।

हजो मात्र सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको बिहीबार धुलिखेल अस्पातालमा कोरोनाबाट मृत्यु भएको थियो ।