सुत्केरी ल्याउन हिडेको एम्बुलेन्स कालीगण्डकीमा खस्यो चालक बेपत्ता,
जेठ ४ ,कापोखरा – मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ आउँदै गरेको एम्बुलेन्स कालीगण्डकी नदीमा खसेको छ ।
मुस्ताङको थासाङ गाउँपालिकाबाट पोखरातर्फ आउदै गरेको १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका,२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकमा दुर्घटना भएको हो।
एम्बुलेन्स झन्डै एक सय मिटर तल कालीगण्डकीमा खसेको हो । एम्बुलेन्सको केही अवशेष भेटिएपनि चालक भने विपत्ता रहेका छन् ।
एम्बुलेन्स चालक थासाङ गाउँपालिका ४ का सुजन बिक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायक उपरीक्षक डीएसपी किरणजंग कुवँरले जानकारी दिए । उनका अनुसार एम्बुलेन्समा अचालक मात्र रहेको खुलेको छ।

