काभ्रेमा दुर्घटना हामफाल्ने दुई जना सुनकोशी नदीमा वेपत्ता ,
जेठ ७ ,काठमान्डौ – काभ्रेमा बोलेरो जिप दुर्घटना भएको छ। काभ्रेको भुम्लु गाउँपालिका,८, सिलामे भीरमा जिप दुर्घटना हुँदा दुई जना वेपत्ता भएका छन्।
दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सरेको थियो।
जिप पछाडी सर्दै गर्दा हामफालेका दुई जना व्यक्ति सुनकोशी नदीमा बेपत्ता भएका छन् ।
खाद्यान्न लिएर गएको बोलेरोमा तिज जना यात्रु रहेको र जिप भित्र रहेकी महिलाको अवस्था सामान्य रहेको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी गरेका हुन्।
उनका अनुसार जिप केहि तल पुगेर रोकीएको थियो हामफालेर वेपत्ता भएकाको खोजि भईरहेको पौडेलले बताएका हुन्।

