उपत्यकाका सबै नाक सिल केन्द्र विन्दुमै रोक्न गृहको पत्राचार ,
जेठ ८ ,काठमान्डौ – उपत्यकाका सबै नाका सिल गर्न र प्रवेश विन्दुमा सवारी नागरिक रोक्न गृह मन्त्रालयले पत्राचार गरेको छ।
लकडाउन अवधिभर अत्यावश्यक बाहेकका सवारीसाधन उपत्यका प्रवेशमा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न गृहले उपत्यकाका सबै स्थानीय तहलाई जानकारी गरिसकेको छ।
गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा जेठ १ गते बसेको बैठकमा उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख,उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
ठुलो जनघनत्व रहेको काठमान्डौमा लुकिछिपी र पास देखाएर भित्रिने क्रमले उपत्यका क्षेत्र बढी जोखिम हुने भएकाले अत्यावस्यक क्षेत्रभन्द बाहिरका सबैलाई आगमनको श्रोतमै रोक्न मन्त्रालयले आग्रह गरेको छ।
तेस्तै कुनै पनि ब्याक्तिले अत्यावस्यक काममा उपत्यकामा प्रवेश गर्नुपरेमा आफ्नै खर्चमा कोरोन संक्रमणको परिक्षन आरडिटि रिपोर्ट देखाउनुपर्ने पनि मन्त्रालयले बताएको छ।


