कोरोनाबाट मृतक महिलाकी शिशुको डिस्चार्ज ,
जेठ ९ ,काठमान्डौ – कोरोना संक्रमणबाट मृतु भएकि महिलाकी शिशुको डिस्चार्ज भएको छ। शिशुलाई गत जेठ ३ गते धुलिखेल अस्पतालमा राखीएको थियो।
सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको थियो ।
ती शिशुलाई आफ्नी मावलीकी हजुरआमाले लगेकी छन् । उनीहरु होम क्वारेन्टाइनमै रहनेछन् ।

