सुर्खेत सिम्ताका एक सय बढी नागरिकलाई क्वारेईनटाईनमा राखियो ,
जेठ ९ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत सिम्ता गाँउपालिकाले आफ्ना स्थानिय नागरिकालई आजदेखि क्वारेईनटाईनमा राख्न सुरु गरेको छ।
उनीहरु भारतको विभिन्न मुलुकुबाट हिजो मात्र कर्णाली प्रदेशको प्रवेशद्वार भेरिगंगा बबईमा आईपुगेका थिए।
सिम्ता गाँउपालिकाका १ देखि ९ वडासम्मका १०१ जना स्थानीय नागरिकलाई सुरक्षित ढंगले क्वारेईनटाईनमा राखीएको छ।
भानु मावि बजेडिचौरको क्वारेन्टाइनमा ४२ जना र बागेश्वरी मावि राकममा ५९ जनालाई राखिएको गाँउपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले बताए।
केसीका अनुसार भारतबाट स्थानीय भित्रिने क्रम जारि रहेको र उनीहरुलाई सुरक्षित व्यवस्थापन सहित क्वारेईनटाईनमा राखिने बताईएको छ।

