Gold
Bangad salyan

थप ३६ जनामा कोरोना संक्रमणको पुस्टि संक्रमितको संख्या ५८४ पुग्यो ,

जेठ १० ,काठमान्डौ – नेपालमा थप ३६ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ ,झापामा १ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यो संगै नेपालमा ५८४ जनामा कोरोना संक्रमित संख्या पुगेको हो। तेस्तै मन्त्रालयले हाल सम्म ४५ ९४९ जनाको पिसिआर विधिबाट परिक्षन गराएको जानकारी गरेको छ भने ८६ हजार २ सय ३५ आरडीटी विधिबाट नमुना परीक्षण गरिएको बताएको छ।