Gold
Bangad salyan

पुर्वराजा पारस चडेको गाडी दुर्घटना ,

जेठ १० ,काठमान्डौ – पूर्वयुवराज पारस शाह चडेको गाडी दुर्घटना भएको छ।

शुक्रबार मध्यरातमा पारसले आफुलाई छाति दुखेको र अस्पताल लैजान भनेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल जाँदा गाडी दुर्घटना भएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए।

शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा दुर्घटना हुँदा बाच्छालाई ठक्कर दिदा घटनास्थलमै बाच्छो मरेको छ ।

गाडी दुर्घटना भएपछि प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी नियन्त्रणमा राखेको एसपी कार्कीले बताए।

चालक गुरुङ पारसका सहयोगी भएको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित ३ जना थिए।

पूर्वयुवराज पारस झण्डै ९ महिनादेखि पोखराको लेकसाइडको खपौंदीस्थित अपार्टमेन्टमा बस्दै आएका छन् । शाहलाई अस्पतालले सामान्य भएको भन्दै फिर्ता पठाईदिएको छ।