Gold
Bangad salyan

नेपालमा हाल सम्म ८९ जनाले कोरोनलाई जितेर घर फर्कीए ,

जेठ ११ ,काठमान्डौ – नेपालमा हाल सम्म ८९ जनाले कोरोना संक्रमणलाई जितेर निको भई घर फर्केका छन्।

हिजो शनिबारमात्र रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना डिस्चार्ज भएपछि निको हुनेको संख्या ८९ पुगेको हो।

दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए ।

तेस्तै नेपालमा हाल सम्म ५८४ जनालाई कोरोना संक्रमणको पुस्टि भएको छ। कोरनाबाट हाल सम्म ३ जनाको मृतु भईसकेको छ।