राजाको तस्बिर भएका नोट बजारमा नचल्ने राष्ट्र बैंकको निर्देशन,
जेठ ११ ,काठमान्डौ – नेपाल रास्ट्र बैंकले राजाको फोटो भएका नोट बजारमा नचल्ने र नपठाउन बताएको छ।
केन्द्रीय बैंकले एक परिपत्र जारी गर्दै पूर्व राजाका तस्बिर अंकित नोट निष्काशन तथा पुनः प्रयोगमा नल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । अब तेस्ता नोट वितिय संस्थाले बजारमा पथाउन पाउने छैनन् ,।
त्यसमा राजाको तस्बिर अंकित नोट पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गीकरण गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोषमा जम्मा गर्नुपर्ने जानकारी गराईएको छ ।
तेस्तै एटिएम लगायतका मेशिनहरुको माध्यमबाट चल्चाल्तिमा पठाउना योग्य नोटको प्याकेटमा हरियो रंगको स्लिप प्रयोग हुनुपर्ने पनि बैंकले बताएको हो।
तेस्तै नोटमा स्टिचको प्रयोग नगर्नपनि बताईएको छ। यसैगरी झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशनका गर्न मिल्दैन ।

