बन्दाबन्दिको ६३ औ दिन नँयाबजार सुनसान ,
जेठ १२ ,काठमान्डौ – विश्व महामारीसंग जुध्न नेपालमा नेपाल सरकारले गरेको बन्दाबन्दि लकडाउनको आज ६३ दिन पुगेको छ।
अत्यास्यक बाहेक सवारीसाधन सडकमा गुड्न मिल्दैन कुनैपनि व्यक्तिले पेशा व्यवसायिक गर्ना मिल्दैन ,हिजो काठमान्डौको सोह्रखुट्टेमा एक जनालाई कोभिड १९ फेलापरेपछि उक्त क्षेत्र झनै सुनसान बनेको देखिन्छ।
नेपालमा पनि कोरोना भाईरसले ३ जनाको ज्यान लिएको छ जसबाट ६०३ जना संक्रमित भएर उपचार गरिरहेका छन्।
गत वर्षको चैत ११ गते बाट सरकारले गरेको लकडाउन जेठ २० गते सम्म लागु गरेको छ। जब सम्म कोरोना संक्रमण नियन्त्रण हुँदैन तब सम्म लकडाउन जारि राख्ने सरकारले बताएको छ।
सरकारले उपत्यका भित्रिने सबै नाका बन्द गरेको छ भने अत्यावस्यक काम परि राजधानी भित्रिनेले कोरोना आरडिटि रिपोर्ट देखाउन जानकारी गरेको छ।

