बनगाड कुपिण्डे नगरपालिकाद्वारा १५७ जनाको पिसिआर परिक्षन ,
जेठ १३ ,काठमान्डौ – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले गत ८ गते भारतको विभिन्न स्थानबाट आएका नागरिकहरुको पिसिआर परिक्षन गरेको छ।
नगरपालिकाले भारत मुलुकबाट आएका १५७ जनाको आरडिटी ९ गते नै गरिसकेको थियो।
उनीहरुसबैको रिपोर्ट नेगेटिभ आएपछि आज १३ गते १५७ जनाकै पिसिआर परिक्षन गरिएको बताएको छ।
बनगाड क्याम्पस क्वारेईन टाईनमा बसेका हरुको पिसिआर परिक्षन गरेको नगरपालिकाको कार्यालयले रंग दर्पणलाई जनाएको हो।

