Gold
Bangad salyan

जाजरकोट रुकुम घटनामा दलित ,मानवअधिकार आयोगको साथमा माननीय राजिव शाह सामेल ,

जेठ १३ ,काठमान्डौ – जाजरकोटका नवराज बिक लगायत ६ जनालाई रुकुम चौहरजारी नगरपालिका सोतीमा कुटपिट गरि हत्या गरिएपछि आज संसदनै तातीएको छ।

घटनाको तत्काल छानबिन गरि दोषीलाई कारबाहीको माग गरिएसंगै गृहमन्त्रि राम बहादुर थापा बादलले ५ सदसिय छानबिन समिति गरेका छन्।

तेस्तै युक्त घटना जातिय क्रुर अमानविय रहेको भन्दै राष्ट्रिय दलित आयोग राष्ट्रिय मानवअधिकार आयोगले घटनामा दोषीलाई कारबाहीको माग गर्दै सडक र सदनमा आन्दोलन गर्ने बताएको छ।

आयोगले यस्ता घटना बारम बार हुँदापनि सरकार चुप रहेको कारणले घटना बढ्दै गएको हुने यो घटनाका कुनैपनि दोषीलाई नछोडी कारबाही गर्न चौतर्फी दबाब दिने बताएको छ।

साथै यो आयोगको अभियानमा पुर्व माननीय सांसद राजिव बिक्रम शाहपनि सामेल भएका छन्।

माननीय शाह जाजरकोटका हुन् ,यो घटनामा कोह पनि दोषी उम्किन नहुने उनले बताए। घटना अमानविय ढंगले ,जातियकुरामा हत्या भएको हुनाले तत्काल परिमाणमुखी बनाउन शाहले आग्रह गरेका छन्।