Gold
Bangad salyan

रुकुम ३ युवाको हत्या ३ बेपत्ता प्रकरण २० जनामाथि किटानीजारि ,

जेठ १३ ,काठमान्डौ – जाजरकोटबाट रुकुमको चौरजहारी ८ सोतीमा बेहुली लिन पुगेका नवराज बिक सहित ६ जनालाई दलितले मल्लको छोरी लिन खोजेको भन्दै कुटपिट गरि हत्या भएको घटनाले आज संसद तातिएको छ।

यो घटनामा वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा भएको भन्दै हत्याको अभियोगमा प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। यो घटनामा १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको पनि बताईएको छ।

वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यान सम्बन्धी किटानी जाहेरी दिएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिए।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनु पर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनु पर्ने, घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पुरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन्।

चौरजहारीका टीकाराम सुनारको शव पोस्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधबार पोस्टमार्टम गरिने प्रजिअ पन्तले बताए। हराएका तीन जनाको खोजी कार्य भैरहेको उनले बताए।

खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान संलग्न रहेका छन्। गोताखोर लगायतका प्राविधिक स्रोत साधान नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्रेष्ठले बताए।

घटनामा भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन्।

बेपत्ताको खोजी भैरहेको डिएसपी श्रेष्ठले बताए। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको छ।

स्थानीय बासिन्दा, नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ता हरुको खोजि तिब्र रुपले गरिरहेको छ।

चौरजहारीका टीकाराम सुनारको शव पोस्टमार्टम गरिएको छ भने अन्य दुई जनाको बुधबार पोस्टमार्टम गरिने प्रजिअ पन्तले बताए।

घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवी रोकालाई खटाएको छ। तेस्तै घटनाको अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापाले ५ सदस्य छानबिन समिति गरेको आज संसदमा बताएका छन्।

घटनामा जोकोहि दोषी उम्किन नपाउने सांसदहरु ,रास्ट्रिय दलित आयोग ,मानवाधिकार आयोगले सडक र सदनबाट आन्दोलन गर्ने पनि जानकारी गरेका छन्।