शसस्त्र प्रहरी बलको गोताखोर टोलिद्वारा भेरी नदिमा बेपत्ता युवाको खोजी कार्य सुरु,
जेठ १३ ,काठमान्डौ – रुकुम पश्चिम चौहरजारी नगरपालिका ८ सोतिमा जाजरकोट भेरी नगरपालिका रानागाँउका ३ युवाको शव अझै फेला परेको छैन।
शसस्त्र प्रहरी बलको गोताखोर टोलिद्वारा भेरी नदिमा बेपत्ता युबाको खोजी कार्य तिब्र भईरहेको छ ।
गत १० गते जाजरकोटबाट नवराज बिक सहित १९ जनाको टोलि रुकुम सोतिमा सुस्मा मल्ललाई बिहे गरि लिन गएको बेला गाँउले दलितले उच्च जातकी छोरी लिन मिल्दैन भन्दै कुटपिट गरेका थिए।
जसमा सुस्म मल्लका प्रेमी नवराज बिक सहित ६ जना वेपत्ता थिए। अन्यले भागेर ज्यान बाचाएका थिए।
जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक अझै वेपत्ता छन्।
सरकारले रुकुमको जातिय हिंसाबारे अध्ययन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

