टाउको फूटाएर माछा माछा जालमा हालेर फालेको अवस्थामा फेला पर्यो शव ,
जेठ १४ ,रुकुम जातिय हिँसाको संज्ञा दिदै हत्या गरिएका ६ जना मध्ये आज चौथो शव भेरिनदि कुदु नजिक फेला परेको छ।
जाजरकोट नगरपालिका रानागाँउ ११ का लोकेन्द्र सुनारको शव फेला परेको हो। सशस्त्र गोताखोरले उनको शव टाउको फुटालेर माछा मर्ने जालले बेरेर फालेको अवस्थामा भेरीनदीमा फालीएको अवस्थामा फेला परेको हो।
शवलाई जाजरकोट जिल्ला अस्पताल ल्याउने क्रम जारि छ ,यो भन्दा अगाडी फेला परेका ३ वटा शव पनी डोरीले बाँधेर फालेको अवस्थामा फेला परेका थिए।
घटनामा अझै २ जना वेपत्ता छन्। अमानवीयता तल्लो जातको भन्दै क्रुर हत्या गरि मान्छे फाल्ने रुकुमका १२ जनालाई नियन्त्रणमा लिईएको छ।
घटनामा थप अरुलाईपनि नियन्त्रणमा अलिने क्रम जारि छ। अपराधीलाई कडा कारबाहीको माग गरिएको छ।

