कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमणको पुस्टि भएपछि संख्या ३८ पुग्यो ,
जेठ १४ ,काठमान्डौ – सुर्खेत कर्णाली प्रदेशमा थप १५ जना कोभिड १९ का बिरामी फेला परेका छन् यो संगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ३८ पुगेको छ।
सुर्खेत प्रयोगशालामा बुधबार गरिएको परीक्षणबाट १५ जनामा पीसीआर पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
संक्रमित सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका २ महिला र एकजना पुरुष रहेका छन् ।
अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए ।
तेस्तै नेपालमा एकै दिन ११४ जनामा कोरोना पुस्टि भएपछि नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ।

