Gold
Bangad salyan

गुर्भाकोट नगरपालिका क्वारेईनटाईनमा बसेका नागरिकको उपप्रमुखद्वारा अनुगमन ,

जेठ १८ ,सुर्खेत -गुर्भाकोट नगरपालिका क्वारेईनटाईनमा बसेका नागरिकको बारेमा नगरउपप्रमुख मैना बिकले स्थलगत भर्मन गरेकी छिन।

कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नगरपालिकाले निर्माण गरेका क्वारेईनटाईनमा बसेका नागरिकको बसाई व्यवस्थापन ,खान र सुरक्षा लगातका कार्यहरु मैनाले अनुगमन गरकी हुन्।

नागरिकहरुलाई रोग संग लड्न उच्च मनोबल राख्न नगर उप प्रमुख मैना बिकले प्रेरित गरेकी छिन।

गुर्भाकोट नगरपालिकाले दोश्रो देशबाट स्वदेश भित्रिएका नागरिकलाई सहारे ,बडाखोली,मेहेलकुना सिटिहल लगायतका स्थानमा क्वारेईन टाईन बनाएर राखेको छ। गुर्भाकोट नगरपालिकामा हाल सम्म कुनैपनि संक्रमित फेला परेका छैनन्।