क्वारेईनटाईन नहुँदा २२ दिनबाट रुखमुनि ,
जेठ १८ ,कपिलवस्तु – यशोधरा गाउँपालिकाको वडान ८ कार्यालयले क्वारेन्टाइनको निर्माण नगरी गाउँको एक बगैचा र खुला आकाशमा नागरिकलाई राखेको छ।
कार्यालयले ८ को मधुनगरा गाउँ किनारको एक बैगैचामा स्थानिय २३ जना युवालाई राखेको छ।
उनीहरु सबै भारतको गुजरातबाट आएका हुन् उनीहरु दिनभर रुखको छहारी मुनि बस्ने र रात परेपछि बगैचामा सामान्य त्रिपालको ओत लगाएर बस्ने गरेका छन्।
उनीहरु २२ दिनबाट रुखमुनि बस्ने गरेको स्थानिय मधु नगरा वडान ८ का ३९ वर्षीय चन्द्रभूषण मल्लाहले बताए ।
उनका अनुसार रातभर हावा हरी लाग्दा ,चट्याङ्ग पर्दा रुखको फेद समाएर बस्ने गर्दछन। उक्त क्षेत्रमा सर्पको पनि निकै डर हुनेगरेको उन बताउछन।
वडा कार्यालयका अध्यक्ष अन्य जनप्रतिनिधि कसैले आफूहरुको खोज खबर नलिएको उनीहरुको गुनासो छ ।
गाँउ पसे घर परिवार देखि स्थानीयमा कोरना संक्रमण बढ्न सक्ने भन्दै आफुहरु सुख दु:ख गरेरै खुला क्वारेन्टाइनमा आ-आफ्नो घरबाट खाट,ओढ्ने ओछ्याउने, झुल लगायतका आवश्यक सामाग्री ल्याएका छन् ।
जसरि भएपनि आफुहरु कोरोना परिक्षनको रिपोर्ट नआएसम्म बगैचामानै बस्ने उनीहरु बताउछन।
वडा कार्यालयले क्वारेईनटाईनमा बसेका हरुलाई खान समेत नदिएको बताईएको छ।
भारतका विभिन्न शहरबाट आएका सर्वसाधारणको क्वारेन्टाइन व्यवस्थापनका लागि सवै वडा अध्यक्ष तथा वडा कार्यालयलाई जिम्मेवारी दिइएको यशोधरा गाउँपालिकाका प्रमुख गिरिजेश पाण्डेयले बताए ।

