गोरखा बारपाक सुलिकोट गाउँपालीकाले क्वारेईनटाईनमा बसेकालाई पिटी र योग सिकाउदै ,
जेठ १८ ,काठमान्डौ – गोरखा बारपाक सुलिकोट गाउँपालीकाले आफ्नो गाउँपालीका भित्र भारत बाट र काठमाडौं ,पोखरा अन्य जिल्ला बाट आफ्नो गाउँ आउने सबै नागरिक हरूलाई क्वारेन्टाइनमा राखेको छ ।
क्वारेन्टाइनमा रहेका सबैलाई बिहान ५ बजे देखि ७ बजे सम्म पिटी परेठ एबम फिजिकल सारीरीक अभ्यास योग गराउँदै आएको छ।
फिजिकलबाट सबैलाई आत्मबल बढ्ने इम्निटीपावर बढ्ने र आफु निरोगी भएको अनुभूति बनाउन यसो गराएको गाउँपालीका अध्यक्ष बिष्णु भट्टले बताए।
बारपाक सुलिकोट गाउँ पालीका अध्यक्ष बिष्णु भट्ट जनयुद्धका कमाण्डर रहेको र दैनिक जसो गर्ने गर्दछन तेस्तै भट्टलाइ फिजिकल पिटीबारे सबै पिटीमा राम्रो ज्ञानपनि छ।
अहिले बाहिरबाट आउने सबैलाई क्वारेन्टाइनमा राखिएको र बस्दा बोर फिल नहोस आत्मबल कमजोर नहोस भनेर शारिरीक अभ्यास र मानिसक रूपमा एक्दम क्रियासिल बनाएको वडा अध्यक्षहरूले बताएका छन।
अहिले वडा नं ४ शौरपानी हिमालय माबिमा दैनिकी पिटी परेठ एबम फिजिकल सारीरीक अभ्यास योगा हुदै आएको छ।
त्यहाँ भारतबाट धेरै सख्यामा नागरिक हरू आएको हुँदा क्वारेन्टाइनमा अहिले दैनिक पिटी परेठ एबम फिजिकल सारीरीक अभ्यास र मानिसको रूपमा आत्मबल बड्ने क्रियाकलाप गरिएको गाउँपालीकाले जनाएको छ ।

