Gold
Bangad salyan

७७ जिल्लाकै नमुना युवक जसले लकडाउनको प्रतेक दिन खाद्यान वितरण गर्छन ,

जेठ १८ ,काठमान्डौ – कोरोना महामारीको विषम परिस्तिथिमा जसले काठमान्डौमा मजदुर नागरिकलाई दैनिक राहत वितरण गर्ने गरेका छन्।

वन मन्त्रालयका स्वकीय धिरज उपरकोटी,जित बहादुर नेपालि ,अनुप श्रेष्ठ ,नर बहादुर गुरुङ ,सगर बारमको टोलीले काठमान्डौ ,भक्तपुर ,ललितपुर ,लगनखेलमा पुगेर दैनिकजसो मजदुर ,गरिब वर्गलाई राहत वितरण गर्ने गरेका छन्।

विशेष गरि गोरखा बारपाक सुलिकोटबाट राजधानीका विभिन्न सहरमा आएर बस्ने विद्यार्थी ,घर परिवार ,जनयुद्दका घाईते ,लगायात सुलिकोटका कुनैपनि नागरिक भोकै बस्न नपरेस भनेर यो समुहले लगातार दैनिक राहत वितरण गर्ने गरेको हो।

खाद्यान्नमा एक बोरा चामल, तेल, दाल, नुन सोयाबीन लगायतको चिज वितरण गरिएको धिरज उपरकोटीले रंग दर्पणलाई बताए।

हामीले अन्य कुनै नागरिक भोक अति निम्न अवस्थामा छन् भनेपनि खाद्यान्न दिएका छौ तर यो विशेषग गरि बारपाकबाट काठमान्डौमा बसेका लकडाउनले घर जान नसकेका नागरिकको लागि हो उनले भने।

बारपाक सुलिकोट गाँउपालिकाको अनुरोधमा खाद्यानन वितरण गरिएको पनि उनले बताए।  यो युवा समुहले गरेको कार्यलाई हेर्ने हो भने हाल सम्म नेपालका कुनैपनि जिल्ला ,नगरपालिका ,गाँउपालिका ,स्थानिय तहमा छैन।

सरकारले समेत राहत वितरण गर्न सकेकको छैन ,अहिले विभिन्न क्षेत्रमा नागरिक भोक भोकै छन् ,राहत खाद्याना नागरिकलाई वितरण कसरि गर्नुपर्छ भन्ने यो गाँउपालिका र युवा समुहको जलन्द उदाहरणले अन्य सरोकारवालले पनि पाठ सकिन्छ।

सामाजिक संजालमा एक पकेट नुन वितरण गर्दा दश जनाले फोटो हालेको पनि देखियो तर त्यो सब नाटक मंच थियो ।

करिब २ सय परिवारभन्दा बढीलाई राहत वितरण गरेपनि यो समुहले नागरिकको फोटो सार्वजनिक गरेन नाम संकलन गर्यो। जसले गर्दा अहिले सबै ठाँउबाट स्वबासी पायो। यो कार्यलाई लिएर अहिले चौतर्फी स्वागत गरिएको छ।