Gold
Bangad salyan

बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना १२ जनाको मृतु ,

जेठ १९ ,काठमान्डौ – बाँकेबाट सल्यान जाँदै गरेको फोर्स गाडी दुर्घटना हुदा १२ जनाको मृतु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया अगैयामा जंगलमा गएराति करिब १२ बजेतिर गाडी दुर्घटना भएको थियो।

घटनास्थलमै ११ जनाको मृतु भएको र एक जनाको भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर हृदयश सापकोटाले जानकारी दिए ।

घटनामा २० जना घाईते छन् जसमा ३ जनाको अवस्था गम्भीर छन । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ ।

घटनालाई हेर्दा गाडी तिव्र गतिमा गुडेर अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

मृतक ११ पुरुष १ महिला छन् ,गाडीमा सल्यान दाङ र रोल्पाका नागरिकपनि बसेको बताईएको छ। मृतकको संखात हुनसकेको छैन गाडीमा टिकट काटेर बसेको भए सनाखात गर्न छिटो हुने थियो इन्सपेक्टर सापकोटाले जानकारी दिए ।,