नेपालमा एकै दिन २२६ जनामा कोरोना संक्रमणको पुस्टि ,
जेठ १९ ,काठमान्डौ – नेपालमा एकैदीन २४ घन्टामा २२६ जनामा कोरोना संक्रमणको पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित मिडिया ब्रिफिङमा बताए।
जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।
यो संगै नेपालका ५९ जिल्लामा कोरोना संक्रमण फैलीएको मन्त्रालयले जनाएको छ।
तेस्तै संक्रमित मध्ये हाल सम्म ८ जनाको मृतु भएको छ भने २२१ जना निको भएर घर फर्केका छन्।

