Gold
Bangad salyan

रुकुम घटनाका दोषीलाई कारबाही नगरी सरकार टुलुटुलु के हेरेर बसेको छ: गगन थापा ,

जेठ १९ ,काठमान्डौ – प्रतिपक्षिदल नेपालि कांग्रेसका सांसद गगन थपाले पश्चिम रुकुम सोती ८ घटनाका दोषीलाई सरकारले अहिले सम्म कारबाही नगरी टुलुटुलु हेरेर बसेको बताएका छन्।

घटना भएको आज १० दिन हुँदापनि दोषी को को हुन् उनीहरुको कुनै नामसमेत सरकारले सार्वजनिक नगर्दा ढाकछोपमा लागेको समेत थापाले बताए।

यस्तो अमानवीय घटनालाई भावी तव्य र सहायक कारण देखाएर यो घटनामा उच्च जातियको जरामा रहेको अहंकार छोप्न संगठित भईरहेको प्रत्यन र राज्यको लाचारीलाई ऐना हेरेर अनुहारको लाग नजाने थापाले बताए।

लकडाउनको अवधिमा रुकुम पश्चिम घटना सहित जातियका कारण ३२ जना दलितले ज्यान गुमाएको पनि थापाले जानकारी गरे।

तेसैले यी दलित हरुको हत्या ,आत्महत्या ,बलात्कारको घटनालाई अविलम्ब छानबिन गर्न सर्वदलिय छानबिन समिति बनाउन पनि उनले संसदमा माग गरेका छन्।

संसदले सर्वदलिय छानबिन समिति नबनाए आफ्ना मागहरु मागिरहने पनि थापाले बताए।

सविधानमा स्वतन्त्रताको हक ,समानताको हक ,आत्मसम्मंपुर्वक बाँच्न पाउने हक मर्यादित जीवन बाँच्नपाउने हक ,छुवाछुत तथा भेदभावविरुद्दको हक देखि दलितको हकसम्म संविधान निर्माण र कानुनमा लेखेर दलित र छुवाछुतको नाममा हत्या गरिनु भनेको बिडम्बना भएको पनि उनले बताए।