Gold
Bangad salyan

रुकुम पश्चिम घटना अध्यन गर्न संसदीय विशेष समिति गठन,

जेठ २३ ,काठमान्डौ – रुकुम पश्चिम सोती ८ घटनाको अध्ययन गर्न संसदले संसदीय विशेष समिति गठन गरेको छ।

शुक्रबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।

दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् । शुक्रबारको बैठक सुरु हुनासाथ सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताएकी थिइन् ।

लगत्तै सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । गत १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोतीमा सुस्मा मल्ललाई लिन गएका जाजरकोट भेरी नगरपालिकाका नवराज विक सहित ६ जनालाई हत्यागरि भेरी नदीमा फालीएको थियो।

सुस्मा नवराजकि प्रेमिका हुन्। सुस्माले आफुलाई लिन बोलाएपछि नवराज आफ्ना साथिहरुलाई लिन गएका थिए।

चौहराजारी नगरपालिका वडा न ८ का वडा अध्यक्षको अनुरोधमा सोतीको गाँउनै मिलेर दलितले मल्लको छोरी ताक्ने भन्दै जाजरकोटका ६ जनाको हत्या गरिएको जातिय घटनाले अहिले देश भर विरोध भईरहेको छ।