हामीलाई भारतीय चेली भन्ने कालापानी फिर्ता हुन्दैन संसदमा कब्जा हेर्नुहोस ,
जेठ २३ ,काठमान्डौ – समाजवादी पार्टीका सांसद सरिता गिरि र राजपाकी सांसद अमृता देवी अग्रहरीले आफुहरुलाई भारतीय चेली भनेको मा आपति जनाएका छन्।
लिम्पियाधुरा सहितको नक्सा नेपालले जारी गरेको विषयलाई लिएर सरिता गिरिले भारतलाई सोधेर मात्र नक्सा जारि गर्नुपर्ने संसद्मा बताएपछि जता ततै विरोध भईरहेको थियो।
तेसैमा नेकपाकि सांसद गङ्गा चौधरीले सरिता गिरिलाई भारतीय चेलीले संसदमा दादागिरी देखाएको अभिव्यक्ति दिएकि थिइन्।
नेपालले आफ्नो जमिन फिर्ता गर्नलाई किन भारतलाई सोध्नु पर्यो नेपालकी सांसद भएर भारतको सपोर्ट गरेर बोल्ने भन्दै आपति जनाएकि थिइन्।
आज उक्त विषयलाई लिएर सरिता गिरि र अमृता देवी अग्रहरीले संसदको मर्यादा विपरित चिच्याउदै बोलेका छन्।
सरिता गिरीले भनेकी छिन मलाई भारतीय चेली भन्ने म नरम भाषामा भन्छु यसलाई अंग्रेजीमा हिट स्पीच भनिन्छ ।,यो मन्तब्य संसदबाट हटाईनु पर्छ,एदि हटेन भने यहिबाट दरार बढ्ने बताईन ।
यो पुरै सांसदमा आक्रमण हो। तेस्तै राजपाकी सांसद् अमृताले भनिन रगत उम्मलने बात कर्ती हो गंगा चौधरी ,ईतना गर्मि हो त् बागमतीमे जाके छलाङ्ग लगाउ।
सभामुख अग्नि सापकोटाले स्तरिय रुपमा बोलन र मर्यादा भित्र रहेर बोल्न आग्रह गर्दा पनि उनि चर्को स्वरमा कराएर भनिन कालापानी नै आता हे कैसे ल्याओगे।
,कागजमे लेख्नेका बात आईगा। हामीलाई भारतीय भनेर हेला गर्ने ,हिन्दि बोल्दामा भारतीय हुन्छन।
हामि सांसद् कब्जा गर्न सक्छौ चाहे भने हामि फिर्ता गर्छु लिम्पियाधुरा मधेशले गर्छ तर नेपाल सरकारले गर्न सक्दैन भन्दै कराईन। दिएको समय भन्दा बढी बोलेपछि सभामुखले माईक काटेका थिए।

