Gold
Bangad salyan

एकै दिन ३२३ जनामा कोरोना संक्रमण पुस्टि संक्रमितको संख्या ३२ सय नाघ्यो ,,

जेठ २४ ,काठमान्डौ – नेपालमा थप २४ घन्टामा ३२३ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ। यो संगै नेपालमा संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ भने १३ जनाको कोरोना संक्रमणबाट मृतु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कैलाली र डोल्पामा गरी दुई जनाको कारोना संक्रमणका कारण मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।

तेसै गरि नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६५ पुगेको छ। आज काठमान्डौमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् । स्याङ्जामा १०, कास्की र नवलपरासी बर्दघाट सुस्तापूर्व ३–३ जना तथा बागलुङमा एक जनामा संक्रमण पुष्टि भएको हो भने भक्तपुर कमल विनायककी ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुमा ५० जना संक्रमित थपिएका छन् ।यस्तै, विजयनगरको क्वारेन्टिनमा रहेका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका २८ जना, बाँकेका १२ जना,नवलपरासीका दुई जना, रुपन्देहीमा ३ जना र अर्घाखाँचीमा एक जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

तेसै गरि कर्णाली प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानको बनगाढ कुपिण्डेका ३८ जनामा संक्रमणको पुस्टि भएको छ ,यस्तै, सुर्खेतका नौ जना, जाजरकोटका चार जना र डोल्पाका एक जनामा संक्रमण पुष्टि भएको छ ।सुदूरपश्चिममा १३ संक्रमित थपिएका छन् ।

यस्तै, कञ्चनपुर महाकालीका ३८ वर्षीय पुरुष, काठमाडौं घर भई कञ्चनपुरमा रहेका १८ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, कैलालीको धनगढी र गोदावरी ४१ र ५५ वर्षीय पुरुष, अछाम मंगलसेनको क्वारेन्टिनमा रहेकी ५२ वर्षीया महिला र डडेलधुराको नवदूर्गा क्वारेन्टिनमा रहेका २१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

महोत्तरीका थप ३५ जनामा संक्रमण पुष्टि भएको छ भने , सर्लाहीमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।नुषाको देउपुरा क्वारेन्टिनमा रहेका आठ जना र रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टिनमा रहेका छ जनामा पनि कारोना संक्रमण पुष्टि भएको छ ।

सप्तरीका ८ जनामा पनि संक्रमण पुष्टि भएको छ ।सुनसरीमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै, मोरङको सुनवर्षी नगरपालिका र बुढीगंगा गाउँपालिकाका १८ र २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।