Gold
Bangad salyan

बेवारिसे शवमा पनि कोरोना पुस्टि ,

जेठ ३१ ,वीरगन्ज – पर्साको वीरगन्ज घण्टाघर नजिकै बेवारिसे पुरुषको शवका कोरोन पुस्टि भएको छ।

गत जेठ २८ शुक्रबार राति बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

यसैगरी, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टिनमा बसेका २ र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टिनमा बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षिय महिला र १९ वर्षिय पुरुषमा शुक्रबार राति संक्रमण पुष्टि भएको छ । उनीहरु १२ दिन अघिबाट कन्टी इन होटलको क्वारेन्टिनमा बस्दै आएका छन्।

शुक्रबार राति संक्रमण पुष्टि भएका बाँकी ३ जना भने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ गुलरीया गाँउका हुन् ।गुलरीया गाँउको एकै परिवारका ३ वर्षिय बालक , १५ वर्षिय बालक र ३० वर्षिया महिलामा संक्रमण भेटिएको हो ।