नवलपरासीको पश्चिम गण्डक नहरमा डुबेर एक बृद्ध बेपत्ता ,
जेठ ३१ ,नवलपरासी पस्चिम – नवलपरासीको पश्चिमी गण्डक नहरमा शनिवार बिहान एक जना वृद्ध डुबेर बेपत्ता भएका छन ।
बेपत्ता हुनेमा प्रतापपुर गाउँपालिका वडा नं ५ श्रीरामपुर बस्ने अन्दाजी बर्ष ७० का रामसेवक चमार रहेको स्थानिय कन्हैया हरिजनले जानकारी दिएका छन ।
पश्चिमी गण्डक नहरमा खुल्ला दिशा पिसाब गरेपछि नहरको किनारमा पानी छुने क्रममा खुट्टा चिप्लेर उनी नहरको पानीमा खसेको बताइएको छ ।
घटनास्थलमा खुट्टा चिप्लेको डाम र उनिले प्रयोग गर्ने लौरो समेत फेला परेको छ ।
त्यही बाख्रा चराई रहेका केही बालबालिका डुबेको देखेपछि गाउँमा अाइ हल्ला गरेका थिए ।
गाउँबाट स्थानीय जादा जाँदै उनी डुबेर बेपत्ता भइसकेका थिए । अहिले नहरको पानी बन्द गरेर उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम,

