देउवाले भने संविधान संसोधनमा हाम्रो समर्थ छ ,
जेठ ३१ ,काठमान्डौ – प्रतिपक्षदल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले ल्याएको संविधान संशोधन विधेयकको आफ्नो पार्टीको समर्थन भएको बताए।
आफ्नो पार्टीको केन्द्रिय बैठकमा पनि छलफल गरिएको र यो रास्ट्रीय मुद्दा रहेकोले आफ्नो पार्टी जस्तुसुकै अवस्थामापनि देशको लागि उभिएको बताए।
सुघौली सन्धिबाटनै कालापानी,लिपुलेख ,लिम्पियाधुरा नेपालको भएको पनि देउवाले बताए।
लिम्पियाधुरा ,कालापानी ,लिपुलेखसहितको नेपालले जारी गरेको नँया नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक सरकारले आज संसदबाट पास गर्दै छ जसमा सबै दल सहमत छन्।

