राजेन्द्र महतोले भने सिमा र नेपालको जमिनको सुरक्षा नेपालि सेनाले हैन मधेशका जनताले गर्छन ,
जेठ ३० ,काठमान्डौ – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले मधेशका जनतालाई रास्ट्रघाति नभन्न आग्रह गरे।
शनिबार संसदको बैठक बोल्दै उनले सरकारले ल्याएको लिम्पियाधुरा ,कालापानी ,लिपुलेखसहितको नेपालले जारी गरेको नँया नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकमा आफ्नो पार्टीको समर्थन भएको बताए।
उनले कागजमा नक्सा छापेर मात्र नभई नेपाली जनतालाई भारतले मिचेको भुमि फिर्ता ल्याईदिन आग्रह गरे।
आफुहरुलाई मधेश भन्ने र देख्ने बितिकै यो त भारतीय हो भन्ने मानसिकता आजदेखिनै हटाउन पनि महतोले आग्रह गरे।
आज सम्म धेरैपटक संसदमा बैठक बसेको र जहिलेपनि कालापानी ,लिम्पियाधुरा बेच्यो भन्ने मात्र सुनिन्छ नाम किन तोकिदैन। महाकाली सन्धि गरेर राष्ट्रघात गर्नेहरुलाई टुडिखेलमा झुण्ड्याउनु समेत उनले बताए।
,तेसैगरी सरकारलाई संविधान जारि गर्दापनि बोलेको र अहिलेपनि आफुले आवाज उठाउने गरेको मधेशका जनताको मुद्दा माग पुरा गर्नुपर्ने उनले बताए।

