नक्सा पास गरेर सरकारले देशको हितकोलागि एक कदम अगाडी काम गर्यो विप्लव ,
जेठ ३२ ,काठमान्डौ – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लवले नेपालको अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा काम गरेर अगाढी बढेको बताएका छन्।
आईतबार एक प्रेस व्यक्तव्य जारि गर्दै विपल्वाले भनेका छन् भारतले लिम्पियाधुरा,लिपुलेख ,कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ।
त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् ।
उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ ।तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।
हामि नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पार्न चाहन्छौ विज्ञप्तिमा भनिएको छ ।
आमनागरिकलाई पनि सरकारको मुख नताकेर देशको सार्वभौमिकता र स्वाधिन्ताको पक्षमा हरदम जागरुक रहन विप्लवले अनुरोध गरेका छन् ।
हाम्रो पार्टी देशमाथि कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रबद्धता स्पष्ट गर्न चाहन्छ ।


