Gold
Bangad salyan

कर्णाली दैलेखमा थप ३७ जनामा कोरोना संक्रमणको पुस्टि सुर्खेतमा १५ जना ,

जेठ ३२ ,काठमान्डौ – कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ५२ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

थपिएका नँयासंक्रमित दैलेखमा ३७ र सुर्खेतमा १५ जनामा भएकोसामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

नयाँ संक्रमित दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका छन भने नारायण नगरपालिकाका वडान २ का दुईजना पुरुष रहेका छन् ।

नौमुले गाउँपालिकाको वडा नम्वरन १, २, ३, ५, ६, ७ र ८ का ३४ जना पुरुष र एकजना महिला रहेका छन ।

त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका-१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका वडानंम्बर १, ५, ११, १२ र १४ का ८ जना पुरुष रहेका छन् ।

लेकबेसी नगरपालिका २ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका वडानम्बर १, २, ६ र ७ का पाँचजना पुरुष रहेका छन् ।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९६७ पुगेको । तेस्तै हाल सम्म कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने ३ जनाको कोरोनाबाट मृतु भएको छ।