Gold
Bangad salyan

आज एकै दिन थप नँया ४२५ जनामा कोरोना संक्रमण पुस्टि,

जेठ ३२,काठमान्डौ – नेपालमा आज थप एकै दिन ४ सय २५ जनामा नँया संक्रमित फेला परेका छन्। संक्रमित ३७५ पुरुष र ५० जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । हाल सम्म डिस्चार्ज हुनेमा पुरुष ८७७ र महिला ९७ जना गरि ९७४ पुगेको छ ,भने ४९८ जना रेड जोनमा परेका छन्।

आज थप पूर्वी रुकुममा पनि एक जनामा संक्रमण फेलापरे संगै नेपालका ७३ जिल्लमा कोरोना फैलीएको छ। नेपालमा हाल सम्म मृतकको संख्या १९ पुगेको छ।

तेस्तै मन्त्रालयले आज सम्म पिसिआरमा १,३३,३७७ र आरडिटी २,१०,७२१ परिक्षन गरेको बताएको छ। हाल सम्म क्वरेईनटाईनमा १ लाख ४३ हजार ६ सय ४१ ब्याक्ति छन् भने आईसोलेसनमा ४ हजार ७ सय ६७ संक्रमित ब्याक्ति छन्।