भारत हिडेकी सांसद सरिता गिरीलाई बीच बाटोबाट फर्काईयो तर उनि कँहा गईन ,
असार २ ,काठमान्डौ – भारत जान लागेकी जनता समाजवादीकी सासंद सरिता गिरी नाका बन्द भएपछि नेपालमै रोकिएकी छिन्।
उनि बुबा बिरामी भएको भन्दै भारत जान लागेको बेला रोकीएको हो। मंगलबार दिउँसो सासंद गिरी सिरहाको ठाडी नाका हुँदै भारततर्फ जान खोजेको प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए।
बुबा बिरामी हुनुहुन्छ भनेर भारत जान खोजेपनि लकडाउनको कारणले नाकाहरू बन्द छन् तेसैले उहाँ जान पाउनुभएन।
सुरक्षाकर्मीहरूले फर्काएको भन्न भने मल्दैन हुरागाईले भने। भारत जान नपाएअपाची उनि काँह गईन भन्ने बारे केहि थाहा नभएको पनि उनले बाताए।
प्रहरीले सम्झाएपछि उनि फर्कीएको पनि उनले बताए। पछिल्लो कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन हालेकी थिइन्।
उक्त क्षेत्र नेपालले दाबी गर्ने श्रोत नपुगेको भनेपछि गिरि विवादमा परेकी छिन। उनले संसदमा हालेको संसोधनपनि सभामुखले नियम सहित खारेज गरेका छन्।
,समाजवादी पार्टीले गरेको ह्विप नमानेपछि उनलाई पार्टीले पनि सांसद र पार्टी सदस्यबाट हटाउने चेतावनी दिएको थियो।
केहि दिन यता उनको घरमा केहि युवाहरुले तोडफोड समेत गरेका थिए जसमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ अनुसन्धान गरिरहेको छ।

