Gold
Bangad salyan

कोरोनाबाट डराउने हैन योगा गरौ आरोग्य बनौ प्रधानमन्त्री ओली ,

असार ७ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु र आरोग्यका लागि दैनिक जसो सबैले योगा गर्न जानकारी गरेका छन्।

छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सबैलाई सुभकामना दिदै प्रधानमन्त्रीले योग साधना प्राचिन सभ्यताको मौलिक उपज रहेको र अब आउँदो माग १ गतेबाट रास्ट्रिय योग दिवस मनाउने पनि बताए ।

सन् २०१५ बाट संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरेपछि संसारभर जुन २१ लाई योग दिवसका रुपमा मनाउने गरिन्छ ।

दैनिक जस्तो योगा गर्नाले मानसिक अन्तर्यात्रा मार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको पनि उनले बताए।

विभिन्न तनाव अवसाद, द्वेष, ईश्र्या र निन्दाका दुष्प्रभावबाट मुक्त गर्दै समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डो¥याउन योग मानवीय जीवनको अङ्ग बन्नु आवश्यकरहेको समेत ओलीले बताए ।

योगको महत्वका बारेमा जनचेतना अभिबृद्धि गर्ने र यसका सरल विधिहरुको जनसाधारणमा पहुँच पु¥याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थक बनाउनु पर्ने उनको भनाई छ ।

योगा प्राचिन ज्ञानशास्त्रको महत्वपुर्ण विधा भएको र मानिसको शरीर, मन र कर्मलाई एकै स्थानमा अवस्थित गर्ने भएको हुँदा योगा साधनाले तनाव ब्यवस्थापनमा सघाई मानव जीवनलाई स्वस्थ ,नैतिकवन बनाउनेमा मद्दत पुग्ने प्रधानमन्त्रीले बताए।

भगवत गीतामा श्रीकृष्णले बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते, तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् भनी योगलाई मोहको त्याग र कर्मको कुशलताका रुपमा ब्याख्या गरेका छन् ।

हाम्रो प्राचीन शास्त्रमा अष्टाङ्ग योगबारे आठवटा चरण यम नियम आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधीको साधनाबारे ब्याख्या गरेको पनि ओलीले बताए ।

यतिबेला सिंगो विश्व सँगै कोरोना भाइरसको महामारीसँग जुधीरहेको र यस्तो बेला औषधीय गुणयुक्त आहर, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय रहेको छ यी विषयमा योग शास्त्रले ज्ञान दिंदै आएको छ ।

आधारभूत स्वास्थ्य सेवा भित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिंदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सकिने पनि प्रधानमन्त्री ओलीले बताए ।

समृद्ध नेपाल–सुखी नेपालीे हाम्रो राष्ट्रिय आकाङ्क्षा छ ,शारीरिक एवं मानसिक रुपले स्वस्थ्य र निरोगी नागरिक यसका मुख्य आधार रहेको ओलीको भनाई छ ।