विदेशबाट फर्कीएका हरुमा देखिन थाल्यो कोरोना ,८ महिलामा पुस्टि ,
असार ६ ,भक्तपुर – भक्तपुरमा कुवेतबाट फर्केका ८ महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको बताएको थियो ।
ति सबै महिला जेठ ३० गते कुवेतबाट आएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्र क्वारेन्टाइनमा छन् ।
हाल सम्म भारतबाट आएकाहरुमा कोरोना पुस्टि भएपनि सरकारले उद्दार सुरु गरेलगतै खाडी मुलुकबाट आएका हरुमा संक्रमण पुस्टि यो पहिलोपटक हो।

