नेपालमा आज खण्डग्रास सूर्यग्रहण के गर्ने के नगर्ने ,
असार ७ ,काठमान्डौ – नेपालमा आज बिहान १० बजेर ५५ मिनेटमा खण्डग्रास सूर्यग्रहण लाग्दै छ ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ ।
सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।
खण्डग्रास १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ ।
सो समयमा वातावरणमा तापक्रम घटेर चिसो हुने पनि खगोलविदले जनाएका हुन्। नेपालबाट अब यस्तो खण्डग्रास सूर्यग्रहण ४४ वर्षपछि मात्र देखिने खगोलविद बराउछन।
ग्रहण जोकोहीले हेर्न पाउने विज्ञानले बताएपनि नाङ्गो आँखाले हेर्दा आँखाको दृस्टी गुम्नसक्ने सावधानी अपनाउनुपर्ने खगोलविद्हरू बताउँछन् ।
धर्मशास्त्रका अनुसार ग्रहण लागेकोबेला कुनैपनि खाने कुरा खान नहुने बताईएको ।

