कतै जाँदै हुनुहुन्छ आजपनि निरन्तर वर्षा छाता छुट्यो कि ,
असार ८ ,काठमान्डौ – मनसुनी वायुको प्रभावले केहि हप्ता देखि सक्रिय देखिएको मौसम अझै केहि दिन रहने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको छ ।
हाल देशमा मौसमी हल्का देखि मध्यम वर्षा भइरहेको छ । तेसैगरी महाशाखाले आज सोमबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।
प्रदेश ६ कर्णाली देखि सुदुरपस्चिम प्रदेशका स्थानमा हल्का र कतै मध्यम वर्षा हुने शाखाले जनाएको छ भने प्रदेश १ , र ५ तेसैगरी प्रदेश ३ गण्डकी प्रदेशमामा पनी सोमबार हल्का देखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।
यस्तै सोमबार रातिसम्म प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेका पूर्वानुमानमा जनाएको छ । राजधानी काठमान्डौमा अहिलेपनि निरन्तर वर्षा भईरहेको शाखाले जनाएको हो।

