Gold
Bangad salyan

रिपोर्ट नआउदै ढाटेर घर पठाईएकि महिला जसले माईतिघरमा कपाल कोरिन ३ जनामा पोजेटिभ ,

असार १० ,काठमान्डौ – सरकारले विभिन्न प्रदेशका क्वारेईनटाईनमा बसेकाहरुलाई रिपोर्ट नाउदै घर पठाउने गरेपछि समुदायमा कोरोना फैलीएको छ।

तेस्तै सरकारले समयमा कोरोनाको परिक्षण रिपोर्ट दिननसक्दा क्वारेईनटाईनबाटनै बसेकाहरु भाग्ने गरेका छन् ,।

तेस्तै गोरखाको भीमसेन थापा गाउँपालिका,६ अश्राङकी २८ वर्षकी महिला भाउजुको उपचार गराएर चितवनबाट जेठ ८ गते फर्किएकी थिइन् ।

उनी र भाउजु दुबैलाई स्थानीय जनप्रतिनिधिले जनशक्ति निमाविको क्वारेन्टिनमा राखे ।

गत जेठ २१ गते स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएपनि एक्सातासम्म पनि रिपोर्ट आएन् बल्कि ढाटेर उनीहरुलाई सबैको रिपोर्ट नेगेटिभ आयो भन्दै २८ जेठमा घर पठायो।

तर तेसैको भोलिपल्ट चितवनबाट आएकि २८ वर्षकी महिलामा रिपोर्ट पोजेटिभ आयो ,उनलाई आइसोलेसनमा राखेर सम्पर्कमा आएकाहरुको परीक्षण गर्न स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये आएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए ।

संक्रमित महिलासंग नजिक रहेका ५ बर्षीया छोरी, ५८ बर्षकी आमा र छिमेकी बालक, जो तीन वर्षका छन्, उनमा समेत कोरोना संक्रमण देखिएको छ ।

ति संक्रमित महिला क्वारेईनटाईनबाट घर फर्किदा बाटोमा आफ्नो माइतीघरमा समेत बसेकी थिइन् ,उनले तेंहा सबैसंग घुलमिल गरिन ,खाजा खाने कपाल कोर्ने देखि नुहाउने उनको सबै क्रियाकलाप गरिन गाउँपालिका,६ का वडाध्यक्ष भीमबहादुर थापाले भने अब के हुन्छ होला।

यस्ता घटना गोरखामा मात्र हैन पछिल्लो सयम कर्णाली प्रदेशको दैलेख जिल्लमा खपीनसक्नु भयो ,डडेल्धुरा, डोटी, कैलाली लगायतका जिल्लामा आरडीटी गरेर वा १४ दिन क्वारेन्टिन बसेकोलाई घर पठाईयो जब उनीहरु समुदायमा घर पुगेपछि कोरोन संक्रमणको पुस्टि भयो।

सरकारलेको यो गलत प्रवृतिले स्थानीय स्तरमा संक्रमण भएर उच्च जोखिम समूहमा रहेकाहरुलाई सर्‍यो भने अवस्था थेगिनसक्नु हुने छ।