Gold
Bangad salyan

विषालु च्याउ खादा दाङ्मा ६ जना बेहोस ,

असार ११ ,दाङ्ग – दाङ्गको देउखुरीमा विषालु च्याउ खादा ६ जना बिरामी परेका छन्। जसमा दुई जना होस् आएका छन् भने चार जना अझै बेहोस अवस्थामा छन्।

हिजो खेतबाट टिपेर ल्याएको च्याउ खादा बिरामी परेपछि अहिले उनीहरुको लमही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

बिरामी हुनेमा राप्ती गाउँ पालिका वडान २ बराहखुटी निवासी वर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० बर्षीय टीका कुमाल, २२ बर्षीय सरस्वती कुमाल, १७ बर्षीया सुस्मिता कुमाल र तीन बर्षीया कृतिका कुमाल छन्।