थप ४ सय ४३ जनामा संक्रमण फेला पछि संख्या ११ हजार नाघ्यो ,
असार ११ ,काठमान्डौ – नेपालमा थप २४ घन्टामा ४ सय ४३ जनामा कोभिड संक्रमण फेला परेको छ।
यो संगै नेपालमा हाल सम्म ११ हजार १ सय ६२ संक्रमण संख्या पुगेको छ।
तेस्तै हाल सम्म डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
गत २४घन्टामा विभिन्न जिल्लामा गरि ३ सय १२ जना डिस्चार्ज भएका छन् ।

