Gold
Bangad salyan

काँग्रेसले बोलायो पदाधिकारी बैठक महाधिवेशनबारे छलफल हुने ,

असार १३ ,काठमान्डौ – नेपाली काँग्रेसको पदाधिकारी बैठक भोलि आइतबार दिउसो २ बजे पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने भएको छ।

पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन् ।

कांग्रेसले महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।

भोलिको बैठकमा बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।

कोरोना महामारी सङ्क्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि काँग्रेसले उक्त विषयमा छलफल गर्न र सरकारको ध्यानआकर्षण गर्न पदाधिकारी बैठक बस्ने बताएको हो ।